Skip to main content

Posts

Showing posts from August 6, 2017

कुमाईमा स्वर्ग नर नारायण प्रधानको स्मृतिमा प्रधान परिवार दुवारा २७० परिवारहरुलाई खाद्य सामग्री वितरण |

कुमाईमा स्वर्ग नर नारायण प्रधानको स्मृतिमा प्रधान परिवार दुवारा २७० परिवारहरुलाई खाद्य सामग्री वितरण | गोर्खालैंड आन्दोलनले पहाडमा   ५२ दिन बन्द टेक्यो , बन्द खोल्ने कुनै कुरा छैन , बन्द पहाडमा निकै कठोर रुपमा पालन गरिएको छ , खाद्य सामग्रीको आभाव पनि देखिनदै छ तर खाद्य सामग्री भने पार्टी , सामाजिक संस्था, धर्मिंक संस्था , व्यक्ति बिशेष आदि अगी आइ सहयोगको हात बरौदै छ | कुमाईमा पनि प्रधान परिवारअगी आई २७० परिवारलाई खाद्य सामग्री वितरण गरेको छ | लोवेर कुमाईको   नयाँ बस्ती , आदिबासी लाइन , गोदाम लाइन , ७, ८ न० गाउँका २७० परिवारहरुलाई चामल , नुन , दाल , आलु , तेल बाडेका छन् | परिवारको तर्फबाट डम्बर कुमारी प्रधान (पत्नी ) उषा प्रधान , राधिका प्रधान   सरस्वती प्रधान लगाएत सम्पूर्ण परिवार उपस्तिथ रहेय्को थियो भने नयाँ बस्ती समाजका अनन्त कुमार नेपाल , टिका थापा , एच० बि० छेत्री आदी समाज सेवीहरुको पनि उपस्तिथ थियो     |