Skip to main content

Posts

Showing posts from July 9, 2017

दार्जीलिंगमा हिज भयको गोलिकाण्डको बिरोधमा जय्गोवं थाना घेराव गर्दै गोर्खालैंड समर्थकहरु ।

दार्जीलिंगमा हिज भयको गोलिकाण्डको बिरोधमा जय्गोवं थाना घेराव गर्दै गोर्खालैंड समर्थकहरु ।

घटनाको घोर प्रतिवाद गर्दछु -- विमल गुरूङ

पश्चिम बंगाल पुलिसले चलाएको गोली लागेर शहादत प्राप्त गर्ने तीनजना गोरखेहरू क्रमैले सोनादा निवासी टाँसी भोटिया (31 बर्ष) अनि दार्जीलिङ तुङसुङ निवासी सुरज सुन्दास (35 वर्ष) अनि सिहँमारी रोपवे निवासी समीर सुब्बाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु साथै उक्त घटनाको घोर प्रतिवाद पनि गर्दछु। विशेष हिजो मध्यराती सोनादामा पश्चिम बंगाल पुलिसको गोली लागेर शहादत प्राप्त गर्ने टाँसी भोटिया आफ्नो विरामी भाईको निम्ति औषधि लिन सोनादा बजार निस्केका थिए तर दुर्भाग्यवश बंगाल पुलिसका जवानहरूले उनीमाथि गोली प्रहार गरी हत्या गरिदिए। उक्त हत्याकाण्डलाई केन्द्र गरेर आज दार्जीलिङ, सोनादा, घूमलगायत पहाड़का विभिन्न स्थलहरूमा गोरखाल्याण्डप्रेमी जनताले गणतान्त्रिकरूपमा प्रतिवाद जनाउँदै विक्षोभ प्रदर्शन गरेका थिए। तर बंगाल पुलिसका जवानहरूले उक्त प्रदर्शनकारीहरूमाथि बल अनि बर्बरतापूर्ण नीति अप्नाउँदै लाठीचार्ज, टियर ग्यास अनि गोलीबारी गरे। प्रशासनको उक्त बर्बरतापूर्ण कार्वाहीकै कारण दार्जीलिङमा आज दिउँसो पुलिसको गोली लागेर दार्जीलिङ तुङसुङ निवासी सुरज सुन्दास अनि सिहँमारी रोपवे निवासी समीर गुरूङ शहीद भ