कुमाईमा स्वर्ग नर नारायण प्रधानको स्मृतिमा प्रधान परिवार दुवारा २७० परिवारहरुलाई खाद्य सामग्री वितरण |
कुमाईमा स्वर्ग नर नारायण
प्रधानको स्मृतिमा प्रधान परिवार दुवारा २७० परिवारहरुलाई खाद्य सामग्री वितरण |
गोर्खालैंड आन्दोलनले
पहाडमा ५२ दिन बन्द टेक्यो , बन्द खोल्ने
कुनै कुरा छैन , बन्द पहाडमा निकै कठोर रुपमा पालन गरिएको छ , खाद्य सामग्रीको
आभाव पनि देखिनदै छ तर खाद्य सामग्री भने पार्टी , सामाजिक संस्था, धर्मिंक संस्था
, व्यक्ति बिशेष आदि अगी आइ सहयोगको हात बरौदै छ | कुमाईमा पनि प्रधान परिवारअगी
आई २७० परिवारलाई खाद्य सामग्री वितरण गरेको छ | लोवेर कुमाईको नयाँ बस्ती , आदिबासी लाइन , गोदाम लाइन , ७, ८
न० गाउँका २७० परिवारहरुलाई चामल , नुन , दाल , आलु , तेल बाडेका छन् | परिवारको
तर्फबाट डम्बर कुमारी प्रधान (पत्नी ) उषा प्रधान , राधिका प्रधान सरस्वती प्रधान लगाएत सम्पूर्ण परिवार उपस्तिथ
रहेय्को थियो भने नयाँ बस्ती समाजका अनन्त कुमार नेपाल , टिका थापा , एच० बि० छेत्री
आदी समाज सेवीहरुको पनि उपस्तिथ थियो |
Comments
Post a Comment