Skip to main content

घटनाको घोर प्रतिवाद गर्दछु -- विमल गुरूङ

पश्चिम बंगाल पुलिसले चलाएको गोली लागेर शहादत प्राप्त गर्ने तीनजना गोरखेहरू क्रमैले सोनादा निवासी टाँसी भोटिया (31 बर्ष) अनि दार्जीलिङ तुङसुङ निवासी सुरज सुन्दास (35 वर्ष) अनि सिहँमारी रोपवे निवासी समीर सुब्बाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु साथै उक्त घटनाको घोर प्रतिवाद पनि गर्दछु।

विशेष हिजो मध्यराती सोनादामा पश्चिम बंगाल पुलिसको गोली लागेर शहादत प्राप्त गर्ने टाँसी भोटिया आफ्नो विरामी भाईको निम्ति औषधि लिन सोनादा बजार निस्केका थिए तर दुर्भाग्यवश बंगाल पुलिसका जवानहरूले उनीमाथि गोली प्रहार गरी हत्या गरिदिए।

उक्त हत्याकाण्डलाई केन्द्र गरेर आज दार्जीलिङ, सोनादा, घूमलगायत पहाड़का विभिन्न स्थलहरूमा गोरखाल्याण्डप्रेमी जनताले गणतान्त्रिकरूपमा प्रतिवाद जनाउँदै विक्षोभ प्रदर्शन गरेका थिए। तर बंगाल पुलिसका जवानहरूले उक्त प्रदर्शनकारीहरूमाथि बल अनि बर्बरतापूर्ण नीति अप्नाउँदै लाठीचार्ज, टियर ग्यास अनि गोलीबारी गरे। प्रशासनको उक्त बर्बरतापूर्ण कार्वाहीकै कारण दार्जीलिङमा आज दिउँसो पुलिसको गोली लागेर दार्जीलिङ तुङसुङ निवासी सुरज सुन्दास अनि सिहँमारी रोपवे निवासी समीर गुरूङ शहीद भएका छन् भने अनेकौजना घाइते भएका छन्।

यसरी निहत्था अनि निर्दोष नागरिकमाथि कुनै सोधपूछ अथवा जाँच-पड़ताल नगरी सोझै गोली ठोकेर हत्या गर्ने प्रशासनको बर्बरतापूर्ण कार्वाहीको हामी घोर विरोध जनाउँदछौं। उक्त हत्याकाण्डमाथि निष्पक्षीय रूपमा सीबीआई जाँच यथाशीघ्र शुरू गर्नुपर्ने पनि माग गर्दछौं। पछिल्लो केही दिनदेखि आजसम्ममा प्रशासनको गोलीबारीमा धेरैजना गोरखाल्याण्डप्रेमीहरू शहीद बनिसकेका छन् जो निहत्था आफ्नो संवैधानिक अधिकार गोरखाल्याण्डको माग गर्दै सड़कमा निस्किएका थिए। दार्जीलिङ पहाड़मा मानव अधिकारको पूर्णरूपले हनन भएको छ भने प्रशासनले रक्षक होइन तर भक्षकको रूपमा कार्य गरिरहेका छन्। उक्त हत्याकाण्डको सीबीआई जाँच गरिनुपर्छ।

शहीद टाँसी भोटिया अनि सुरज सुन्दास अनि समीर सुब्बाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै आत्मशान्तिको कामना पनि गर्दछु। शोकित परिवारप्रति हाम्रो गहिरो सम्वेदना रहेको छ। यस दुःखद घड़ीमा समग्र गोरखाहरू शोकित परिवारसित रहेका छन्।

जय गोरखा! जय गोरखाल्याण्ड!!

विमल गुरूङ
अध्यक्ष, गोजमुमो।

Comments

Popular posts from this blog

West Bengal Digital Ration Card Application Form & Search Application Status Online

West Bengal Digital Ration Card Application Form & Search Application Status Online Organised Name - Food & Supply Department, Government of West Bengal Post for -   Download Forms under NFSA / RKSY & View Ration Card List in State of FPS level. NFSA - National Food Security Act RKSY - Rajya Khadaya Suraksha Yojana  Official Website - www.wbpds.gov.in WBPDS: West Bengal Food & Supplies Department was set up in Bengal on 1943. It monitors functioning of different directories under implement of different orders- The Major Objective of the Department -  Guarantee food security for the vulnerable and poor. Deliver Higher Quality of Service to citizen via PDS. Empower citizens in PDS and Food security. The Prime Functions of the Department are -  Guaranteed food security for the vulnerable and poor. Deliver Higher Quality of service to citizen via PDS. Empower citizen in PDS  and Food Security. Last Updat...

आमा म कहिले धनी हुन्छु ? नर बहादुर भण्डारी

मैले आट गरेर एकदिन आमालाई सोधे, "आमा म कहिले धनी हुन्छु..?" आमाले भनिन "छोरा! तिमीलाई हाम्रो आशिर्वाद छ, तिमी पढेर ठूलो मान्छे हुनेछौ। ठूलो मान्छे भएमा सबैको ह्र्दयमा बास लिनु। सबैमा समदृष्टी राख्नु। एकदिन तिमी यो सन्सार छोडेर जानैपर्छ। त्यस दिन तिम्रो माया गरेर जति धेरै मलामी आउनेछन, उति धेरै तिमी धनी भएको सम्झनु... तिम्रो चितामा आगो लगाएको देखेर मलामीहरुले दुई थोपा आँसु तिम्रो चितामा खसाए भने तिम्रो आत्माले शान्ति पाउनेछ। त्यो तिम्रो अमुल्य धन हु नेछ।" - नर बहादुर भण्डारीकृत मेरो जीवन... कथा, व्यथा र सम्झना-बाट Gangtok/New Delhi:  Nar Bahadur Bhandari, an obscure school teacher, who rose to become one of the longest-serving chief ministers of Sikkim, died today, state government sources said. Mr Bhandari, a three-term former chief minister, was 77. He is survived by wife Dil Kumari Bhandari, a former MP, two daughters and a son. He breathed his last at a Delhi hospital this afternoon. Prime Minist...

उत्तम खवास आघि आए कुमाईमा २८ परिवारलाई खाद्यदीय सामग्री वितरण ।

    खाद्यदीय सामग्री वितरण गर्दै  कुमाईमा उत्तम खवासद्वरा २८ परिवारलाई खाद्यदीय सामग्री  वितरण । गोर्खालैंड आन्दोलन भित्र पर्ने अनिश्चितकालिन बन्दको ३३ औ दिन पुग्दा यता गोर्खालैंड क्षेत्रको पहाडी भेगमा खाद्य सामग्रीको आभव हुन थालेको छ । बिशेस चामल , नुन , तेल बाहेक सब्जी भने ऐले केही मात्रमा भने पहिनछ । येही कुरालाई मद्यानाज़र राख्दै  खाद्यदीय सामग्री वितरण गर्दै छन् संघ संस्था , बेय्क्ती बिशेस आदिद्वरा कलिम्पोंग , दार्जीलिंग , खरसंग , मिरिकको गांव घर तिर । तेस्तै कुमाईमा पनि  उत्तम खवासद्वरा २८ परिवारलाई खाद्यदीय सामग्री  वितरण गरेका छन् । उनि कुमाई धारा परि गांवका हुन् । उनले कुमाईको गार्ड लाइन ,धारपारी , मंसी लाइन आदिका २८ परिवारलाई खाद्यदीय सामग्री  वितरण गरेका छन् । उनि बेवसाइको कारण बाहिर भए पनि उनकोको भइ नविन खवास , धिरज राई ,प्रमोद खवास, कुमार भुजेलद्वरा उक्त खाद्यदीय सामग्री  वितरण गरि दिएका । उत्तम खवास को उत्तम पहललाई २८ परिवारले धन्यवाद दिएका छन् ।  उत्तम खवास